+

फिल्म पर्यटन र वातावरण जोगाउन सेलिव्रिटीले मनाङमा फुटबल खेल्ने

२०८० भदौ  १० गते २२:०० २०८० भदौ १० गते २२:००
फिल्म पर्यटन र वातावरण जोगाउन सेलिव्रिटीले मनाङमा फुटबल खेल्ने

काठमाडौं । फिल्म पर्यटन र वातावरण संरक्षणको सन्देश दिन सेलिव्रिटीले उच्च थलोमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्ने भएका छन् । बाइकस नेपाल र एण्ट फाउण्डेसनले हिमालपारिको जिल्ला मनाङमा प्रतियोगिता गर्न लागेका हुन् ।

मनाङका स्थानीय युवालाई हिउँ चितुवा लगायतका वन्यजन्तुको संरक्षणमा लाग्न प्रेरित गर्ने, मानव–वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे सूचित गर्ने र पर्यापर्यटनमा प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गर्न लागिएको जनाइएको छ ।

भदौ २५ देखि २७ गतेसम्म मनाङको तिमाङ, पिसाङ र मुजीमा अवस्थित फुटबल मैदानमा सेलिव्रिटीको टीमले अन्य खेलाडीसँग मैत्रीपूर्ण फुटबल खेल्नेछन् । यसबारे जानकारी दिन आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

‘कलाकार राष्ट्र र राष्ट्रियताका लागि आफ्नो भूमिकाबाट चुक्नु हुँदैन । हामीले मैत्रीपूर्ण खेलमा सहभागी हुँदा जनावरको संरक्षण हुन्छ र वातावरण संरक्षणबारे सूचना प्रवाह हुन्छ भने किन नगर्ने ? यसले फिल्म पर्यटन पनि बढ्छ’ अभिनेता तथा एन्ट फाउण्डेसनका अध्यक्ष प्रशान्त ताम्राकारले भने ।

तीन दिनसम्म हुने मैत्रीपूर्ण खेलमा चार समूहले प्रतिस्पर्धा गर्नेछन् । कलाकार र सौन्दर्य प्रतियोगिताका विजेताले सेलिव्रिटीको समूहबाट फुटबल खेल्नेछन् । सेलिव्रिटीको समूहलाई ‘स्नो लियोपर्ड’ नाम दिइएको छ । स्थानिय खेलाडीको ३ वटा समूहलाई कान्जिसरा याक, पिसाङ याक र मनाङ याक नाम दिइएको छ । सो समूहमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडी समेत सहभागी हुनेछन् ।

सेलिव्रिटीको समूहमा प्रशान्त ताम्राकारसहित आँचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, प्रशिक्षक हरि खड्का, खेलाडी अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह, मिस नेपाल २०२३ सृच्छा प्रधान, मिस्टर नेपाल समर्पण कार्की, पूर्व मिस नेपाल युनिभर्स सोफिया भुजेललगायत रहनेछन् ।

सांस्कृति प्रस्तुति, मनाङको रमणीय यात्रा र उचाइमा रहेका खेल मैदानको भ्रमण, फिल्म छायांकन थलोको अवलोकन, हिउँ चितुवा वासस्थानको भ्रमण, विदेशी विज्ञ डा. जेफ मन्टी फेरिङसँगको यात्रा र अन्तक्रिया कार्यक्रम आकर्षणको रुपमा रहने जनाइएको छ ।

फिल्म पर्यटन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय