+
+

ठूला भ्रष्टाचार काण्ड सामसुम पार्ने देखियो, छानबिन पक्षधर एकजुट बनौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १८:१५

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको प्रस्ताव राखेका छन् ।

ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुुन तस्करी, टीकापुर जग्गा घोटालाजस्ता काण्डहरु सार्वजनिक हुँदा यस्ता घटना सामसुम पार्नेहरु आपसमा मिलेको थापाले बताए ।

‘यस्ता घटना सामसुम पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आऔं, यस्तै धारणा भएको अन्य पार्टीका साथीहरुसँग पनि समान धारणा बनाऔं, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं’ थापाले भनेका छन् ।

भ्रष्टाचार र अनियमितताका काण्डहरुमा सार्वजनिक रुपमा ठूलाहरुले चर्को बोल्ने, एक अर्कालाई तर्साउने तर बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकुलतामा सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना धेरै देखिएको थापाले बताए ।

अहिले प्रयास गरेमा भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी संरचनागत र संस्थागत गर्ने वातावरण बन्दै गएको उनले बताए । थापाले जुनसुकै पार्टी र जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लाग्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?