
काठमाडौं । चन्द्रमाले सदैव मानिसलाई आफुतर्फ आकर्षित गर्दै आएको छ । वैज्ञानिकहरुले चन्द्रमासँग सम्बन्धित विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् । तर यसबीचमा अमेरिकी अन्तरीक्ष संस्था नासाले एउटा अनौठो पहल गरेको छ, जसका माध्यमबाट तपाइँले चन्द्रमासँग सम्बन्धित एउटा बिरुवा रोप्न सक्नुहुन्छ ।
वास्तवमा नासाले आम मानिसहरुलाई ती बिउहरु बाँड्न लागेको छ जो कुनैबेला चन्द्रमासम्म पुगेका थिए र अहिले पृथ्वीमा फिर्ता ल्याइएको छ ।
यी बिउ गतवर्ष आर्टेमिस १ मिसनमा पृथ्वीभन्दा करीब ४ लाख किलोमिटर टाढा थिए । ती मध्ये करीब २ हजार बिउमा चन्द्रमाका वनस्पतीहरुको एक नयाँ पुस्ता सामेल छ ।
यसअघि पनि पृथ्वीमा चन्द्रमाबाट बिउ ल्याइसकिएको छ । आर्टेमिस १ का बिउहरु केवल चन्द्रमाको परिक्रमा गरेर आएका हुन् । तथापि त्यसअघि अपोलो १४ मिसनका क्रममा ल्याइएका बिउहरु भने चन्द्रमाको सतहमै अवतरण गराइएको थियो ।
ती वनस्पतीको खेती अमेरिकाको वन विभागले गरेको थियो र अमेरिकाको स्वतन्त्रताको २ सयौँ वर्षगाँठका अवसरमा विश्वभर बाँडिएको थियो । तर यसपटक भने विश्वविद्यालय, सामुदायिक संगठनहरु, औपचारिक तथा अनौपचारिक विद्यालयहरु, विज्ञान केन्द्र, संग्राहलय तथा आम मानिसहरुलाई समेत ती बिरुवाहरु लगाउने मौका मिल्नेछ ।
कुन कुन बिउ पठाइएको थियो ?
अमेरिकाको फरेस्ट सर्भिसका प्रमुख रेन्डी मूरका अनुसार आर्टेमिस मिसनमा गएका बिउहरुबाट छिटै नै देशभरका परिसर तथा संस्थाहरुमा गर्वसाथ खडा हुने चन्द्र रुख बन्नेछन् ।
भविष्यमा ती मून ट्री ले एक प्रकारको शक्तिशाली प्रतिकको रुपमा काम गर्ने उनको भनाई छ । उनी भन्छन् : यसले हामीलाई याद दिलाउनेछ कि हामीले पूरा गर्न नसक्ने काम केही पनि छैन । यसले वैज्ञानिकहरुको भावी पुस्तालाई प्रेरित गर्नेछ ।
आर्टेमिस १ मिसनको माध्यमबाट पाँच प्रकारका बीउहरु चन्द्रमामा पठाइएको थियो । जसमा sycamores, sweetgums, Douglas-firs, loblolly pines र giant sequoias छन्।
चन्द्रमाका रुख प्राप्त गर्न कसरी गर्ने आवेदन
नासाले अंकुरित बिउहरु प्राप्त गर्न चाहनेहरुका लागि आवेदन गर्न एक लिंक शेयर गरेको छ । त्यसमा गएर आवेदन गर्नुका साथै आवश्यक जानकारीहरु प्राप्त गर्न सकिनेछ । नासाका अनुसार प्राप्त आवेदनहरुको समीक्षा गरिनेछ ।
उनीहरुको भौगोलिक मानदण्डहरुको समेत समीक्षा गरिनेछ ताकि वनस्पतीहरु त्यहाँ हुर्किन सकून् । नासाले आगामी सन् २०२४ मा चन्द्रमामा पूराइएका अंकुरित बिउहरु वितरण गर्नेछ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4