+
+

ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलमा समस्या आउँदा हजारौं यात्रीलाई सास्ती

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते ७:३८

१२ भदौ, काठमाडौं । ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलको सिस्टममा आएको खराबीका कारण हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।

ब्रिटेनको एयर ट्राफिक कन्ट्रोल सम्हाल्ने नेट्सका अनुसार फ्लाइट्ससँग सम्बन्धित प्लानिङ गर्ने सिस्टम बिग्रिएको छ ।

यही कारण अब फ्लाइट्सको आउने जाने प्लानिङ बिना सिस्टम गर्नु परेको छ । अर्थात जुन गतिमा मेसिनले काम गथ्र्यो, अब त्यो काम मानिसले गर्नु परेको छ । त्यसैले समय लाग्नु स्वभाविक छ ।

नेशनल एयर ट्राफिक सर्भिसले पनि अवतरण गर्ने विमानको संख्या घटाएको छ । समस्या केही घण्टामै समाधान गरेपनि असर भने भने केही समयसम्म रहने विमान कम्पनीहरुले बताएका छन् ।

कयौंको फ्लाइट डिले भएको छ भने कतिका रद्ध । यसले मानिसहरु बेलायत र बाहिर अड्किएका छन् । एक यात्रीले बीबीसीलाई बताएअनुसार उनको फ्लाइट अपरान्हको थियो, अब मध्यरातमा पुगेको छ ।

लण्डनको हिथ्रो विमानस्थलले त सोमबार मध्यरातमा सूचना नै जारी गरेर जसको मंगलबार यात्रा छ, एयरलाइन्स कम्पनीसँग सम्पर्क गरेर मात्र आउन भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?