काठमाडौं । रियल मड्रिडका स्टार फवार्ड भिनिसियस जुनियर कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन् ।
ला लिगामा सेल्टाभिगोसँग भएको खेलका क्रममा उनी घाइते भएका थिए । तिघ्राको चोटका कारण २३ वर्षका भिनिसियस खेल सुरु भएको १८ मिनेटमै मैदान छाडेका थिए ।
अब उनी अक्टोबरसम्म मैदान बाहिर रहने भएका छन् । गत सिजन ५५ खेलमा २३ गोल गर्नुका साथै २१ गोलका लागि असिस्ट गरेका भिनिसियसको अनुपस्थिति रियल मड्रिडका लागि चिन्ताको विषय बनेको छ ।
उनको अनुपस्थितिमा रियलले गेटाफे, सियल सोसिडाड र लस पाल्मससँग घरेलु मैदानमा खेल्नु पर्नेछ । एथ्लेटिको मड्रिडसँग हुने डर्बी भिडन्तमा समेत भिनिसियस उपलब्ध हुनेमा आशंका छ ।
प्रतिक्रिया 4