+
+

कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ मा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १४:२३

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको कांग्रेसका एक नेताले बताए ।

उनका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो ।  ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्छ’, ती नेताले भने ।

साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।

विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामा प्रत्येक २/२ महिनामा बैठक बस्ने गरी  दिन समेत तय गरेर तालिका प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?