+
+

इमरान खानलाई उच्च अदालतले छोड्यो, विशेष अदालतले फेरि थुनामा पठायो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १६:३८

१२ भदौ, काठमाडौं । तोशाखाना मामिलामा अटक जेलमा थुनामा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथिको सजायलाई इस्लामावाद उच्च अदालतले रोक लगाएको छ ।

इस्लामावादको जिल्ला अदालतले ५ अगस्टमा तोशाखाना मामिलामा इमरानलाई दोषी ठहर गर्दै ३ वर्ष जेल र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

त्यो फैसला विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत इस्लामावादका प्रमुख न्यायाधीश आमिर फारुकले कारबारी रोक्न र पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।

इमरानका वकिल सलमान सफदरले यो आदेश आउनुअघि नै इमरानलाई  अन्य मामिलामा पक्राउ नगर्नका लागि अनुरोध गर्दै इस्लामावाद उच्च अदालतमा निवेदन दिएका छन् । तर पनि २२ दिनदेखि अटक जेलमा रहेका खान रिहा हुन्छन् कि हुँदैनन् भन्ने अन्योल छ ।

किनकि इस्लामावादकै विशेष अदालतले उनलाई सिफर मामिलामा थुनामा राख्नका लागि आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?