
१२ भदौ, दाङ । दाङ तुलसीपुरको छिल्लीकोटमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका-११ स्थित धार्मिक एवम् पर्यटकीय स्थल छिल्लीकोटको गुरुदेवी पैयाटाकुरा र छिल्लीकोट दरबारक्षेत्रको पहाडबाट आइतबार र सोमबार प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
पोखराबाट आएका पाइलट कृष्णबहादुर क्षत्रीले परीक्षण उडान भरेका छन् । उनले छिल्लीकोट क्षेत्र भौगोलिक र वातावरणीय हिसाबले प्याराग्लाइडिङका लागि उपयुक्त रहेको बताए । उनले छिल्लीकोटको पहाडी क्षेत्रबाट आगामी दिनबाट व्यवसायिक रूपमा प्याराग्लाइडिङ गर्न सकिने बताए । त्यसका लागि पहाडमा उडानस्थल बनाउनुपर्ने आवश्यकता रहेको सुनाए ।
पोखरामा व्यवसाय सञ्चालन गर्दै आएका युवा समूहले नयाँ ठाउँको खोजी गर्दै छिल्लीकोटमा परीक्षण उडान गरेको हो । ती युवा मध्येका एक बाबुराम घिमिरेले परीक्षण सफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर व्यवसायिक रुपमा दर्ता गरी अघि बढ्ने बताए ।
प्रतिक्रिया 4