+
+

हेटौंडा उपमहानगरले दियो २० विद्यालयलाई कम्प्युटर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १९:४०

१२ भदौ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटरसहित इलेक्ट्रिोनिक्स सामग्री दिएको छ ।

विद्यालयको प्रशासनिक कामलाई सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बार्षिक बजेटबाट खर्च हुने गरी २० वटा सामुदायिक विद्यालयका
लागि कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो ।

आन्तरिक स्रोतको २० लाख रुपैयाँबाट ठेक्का मार्फत खरिद गरिएको सामग्री हस्तान्तण गर्दै नगर प्रमुख लामाले विद्यालयको शैक्षिक गतिविधिलाई सुधार्ने तर्फ ध्यान दिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?