+

एर्लिङ हालान्डले जिते पीएफए वर्ष खेलाडीको अवार्ड

२०८० भदौ  १३ गते ७:३८ २०८० भदौ १३ गते ७:३८
एर्लिङ हालान्डले जिते पीएफए वर्ष खेलाडीको अवार्ड

१३ भदौ, काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने उक्त अवार्डमा हालान्डले पुरुषतर्फ अवार्ड जितेका हुन् ।

युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गरे ।

नर्वेका फरवार्ड हालाण्डले गत सिजन सिटिले ट्रेबल उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिटीका लागि सबै प्रतियोगितामा गरी ५२ गोल गरेका थिए ।

हालाण्डले सिटीकै केभिन डे ब्रुएना र जोन स्टोन्ससहित आर्सनलका साका र मार्टिन ओडेगार्ड अनी हाल बायर्न म्युनिखका आबद्ध भइसकेका टोटेनहमका तत्कालीन खेलाडी ह्यारी केनलाई पछि पारेका हुन् ।

‘यो प्रतिष्ठित पुरस्कार जित्न पाउनु सम्मानको कुरा हो । आफ्नै प्रतिस्पर्धीबाट चुनिनु निकै राम्रो महशुस भएको छ । र सबैलाई मतका लागि धन्यबाद दिन चाहन्छु ,’ हालान्डले भनेका छन् ।

हालान्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए ।

हालाण्ड वर्ष युवा खेलाडीमा समेत मनोनीत भएका थिए । तर यस विधामा भने आर्सनलका साकाले बाजी मारे । उनले गत सिजन  आर्सनलका लागि १४ गोल गर्नुका साथै ११ असिस्टगरेका थिए ।

एर्लिङ हालान्ड पीएफए वर्षा खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय