
१३ भदौ, काठमाडौं । मंगलबार साँझ अरिंगालले टोक्दा घाइते भएका स्याङ्जाको विरुवा गाउँपालिका- १ का युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा स्थानीय २८ वर्षका चेलिस श्रेष्ठ घाइते भएका थिए ।
उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । पाँच जना अरिंगाल पोल्न गएकामा अरुलाई भने केही नभएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4