
काठमाडौं । बुधबारदेखि पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।
समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुने तालिका छ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।
पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4