
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेको छ ।
महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिलले काठमाडौंमा बुधबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन आग्रह गरेका हुन् ।
उनले नेपालमा लगानीका अधिक सम्भावना रहेकोतर्फबाट सबै विदेशी लगानीकर्ताहरुको ध्यान आकर्षित गरे ।
‘नेपालमा ऊर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावनाहरु छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरुले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरुलाई यसतर्फ आग्रह गर्दछु’ उनले भने ।
अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै लगानीको वातावरण पनि रहेको जानकारी गराए ।
नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उनको भनाइ थियो ।
नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरुको आगमनमा पनि उल्लेख्य मात्रामा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
प्रतिक्रिया 4