
१३ भदौ, जनकपुरधाम । नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक बिदा दिएको छ ।
आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे आकस्मिक बिदा दिएको बताए ।
मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4