+
+

६० किलो सुन प्रकरणमा जोडिएकाहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १४:३९

१३ भदौं, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

‘सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरुको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरू भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुमध्ये केहीको सम्पत्ति छानबिनसमेत थालिएको छ ।’

अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरुलगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।

अख्तियार स्रोतले भन्यो, ‘उहाँलगायत सुन प्रकरण्मा भन्सार कार्यालयको जिम्मेवारीमा रहेका, यसअघि पनि उजुरी परेका केही कर्मचारीमाथि अनुसन्धान अघि बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?