+

कर्णाली प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पदमबहादुर खड्का

२०८० भदौ  १३ गते १७:५२ २०८० भदौ १३ गते १७:५२
कर्णाली प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पदमबहादुर खड्का

१३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कर्णाली प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पदम बहादुर खड्का निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न कर्णाली प्रादेशिक क्रिकेट संघको प्रथम साधारण सभा एवं अधिवेशनबाट खड्काको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा खड्गजंग शाही, सचिवमा श्रीधर केसी र कोषाध्यक्षमा सूर्य थापा निर्वाचित भएका छन् । सदस्यहरुमा सविन हमाल, बुलन्द बाबु सेजवाल, दमन राज शाही, कुलप्रसाद ओली, बालकुमार नकाल, मनोज नेपाली, पवनकुमार थापा, समुन्द्र शाही र प्रकाश भुसाल छन् ।

क्यानको केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुँदैछ । त्यसअघि अहिले प्रदेशका निर्वाचनहरु भइरहेका छन् । अहिलेसम्म भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा बासुदेव जोशी, कोशी प्रदेशमा सर्वजित पाण्डे, गण्डकी प्रदेशमा सञ्जययकान्त सिग्देल, मधेश प्रदेशमा सुनिल महासेठ र लुम्बिनी प्रदेशमा सञ्जय गुरुङ अध्यक्ष निर्वाचित भइसकेका छन् ।

कर्णाली नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय