+
+

सुन तस्करी प्रकरणको अनुसन्धानमा भारतमा पनि टोली पठाउने सीआईबीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १८:३०

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतमा पनि टोली पठाउने भएको छ ।

हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा सीआईबीले भारतमा पनि टोली पठाउने तयारी गरेको हो । स्रोतका अनुसार, भारतीय सुरक्षा अधिकृतहरुसँग अनौपचारिक समन्वयबाट सूचना संकलन गर्न टोली पठाउन लागिएको हो ।

सीआईबीले अनुसन्धानमा सहयोगका लागि यसअघि इन्टरपोललाई पनि पत्राचार गरिसकेको छ । त्यसैले भारतस्थित इन्टरपोलका अधिकारीहरुसँग पनि समन्वय गरेर अनुसन्धान गर्ने सीआईबी तयारी छ ।

सुन पठाइएको मुलुक हङकङमा पनि अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई पठाएको छ । ‘मुलतः डकुमेन्टसनका क्रममा चाहिने कागजात र अनुुसन्धानका क्रममा खुलेको केही तथ्यलाई भेरिफाइ गर्न टोली पठाइएको हो’, सीआईबीका एक अधिकृतले बताए ।

हालसम्म यो प्रकरणमा चिनियाँसहित ६ जना विदेशी नागरिक पक्राउ परेका छन् भने जम्मा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?