+
+

भक्तपुरमा एक बसमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते ९:२५

१४ भदौ, काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोक नजिक एक बसमा आगजनी भएको छ । सडक छेउमा पार्किङ गरेर राखिएको बा ४ ख ६६६९ नम्बरको बसमा आज बिहान ३ बजेर १० मिनेटमा आगजनी भएको हो ।

ख्वपः प्रालिको उक्त बस कमलविनायक-रत्नपार्क रुटमा चल्दथ्यो । बसमा आगजनी भएको खबर पाउनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले दमकलको सहायतामा बिहान साढे ३ बजेतिर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बसमा कसले र किन आगजनी गर्यो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?