
१४ भदौ, काठमाडौं । आज जनैपूर्णिमा पर्व । नयाँ जनै धारण गरेर आज हिन्दू धर्मावलम्बीहरूले जनैपूर्णिमा पर्व मनाएका छन् ।
आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट जनै लगाउने प्रचलन छ । जनै विशेष रुपले मन्त्रिएको धागोको डोरो हो ।
जनैपूर्णिमाको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि पुरानो जनै शरीरबाट निकालेर नयाँ जनै लगाउने गरिन्छ ।
साउन शुक्ल पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेर्छन् र गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
मानव रक्षाका लागि भन्दै जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर वरपर भक्तजनको चहलपहल छ ।
प्रतिक्रिया 4