+
+

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १८:५२

१४ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको आर्थिक एवम् सामाजिक नीतिलाई कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताबारे सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘प्रतिस्पर्धाको बीचमा कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि हामीले हाम्रो क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ’ उनले भने । यो क्षमता वृद्धि नभएकाले आर्थिक क्षेत्रमा विश्व समुदायले नेपाललाई ‘स्मल टाइनी’ उपाधि दिइरहेको उनले बताए ।

सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुने भन्दै उनले कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।

चीन, भारत वा अमेरिकासँग हामीले डिल गर्दा नेपालको स्वार्थलाई प्राथमिकतामा राखेर कुरा गर्दा नेपालले आफ्नो कुरा गरिरहेको ती मुलुकले बुझ्ने उनले बताए ।

‘यो आवश्यकता र अधिकार हो भनेर प्रस्तुत हुने हो भने हामीले धेरै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेछ । गुडविललाई हामीले सहयोगमा रुपान्तरण गर्न सक्छौं । यो सम्भावनालाई हामीले पूर्णरुपमा उपयोग गर्न सकेका छैनौं’ उनले भने ।

आर्थिकरुपमा स्थापित हुन् राजनीतिक स्थायित्व चाहिने भन्दै उनले यसमा समस्या रहेको बताए । नेपालको निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको भन्दै उनले समानुपातिक व्यवस्थालाई कायमै राखेर निर्वाचन प्रणाली सुधार गर्ने ठाउँ रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?