
१४ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ ।
सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको हो । स्रोतका अनुसार, थप अधिकृतलाई पनि भारत पठाउने तयारी भइरहेको छ ।
हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो । १९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको थप अनुसन्धानका लागि सीआईबीलाई हस्तान्तरण गरिएको थियो ।
त्यसक्रममा सीआईबीले सुन आउने ठाउँ हङकङमा केही कागजातको संलकन र तथ्यहरुको प्रमाणिकरणका लागि एसएसपी दिनेश आचार्यलाई पठाएको छ भने दिल्लीमा भण्डारीलाई पठाएको हो ।
हङकङबाट आएको सुनको गन्तव्य भारत गएकाले त्यहाँको नेक्ससबारे भारतीय पक्षसँग समन्वय गरेर भण्डारीले सूचना संकलन गर्ने एक अधिकृतले बताए ।
सीआईबीले हालसम्म यो प्रकरणमा २५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना विदेशी नागरिक छन् । सुन तस्करीमा चिनियाँ नागरिकहरुको मुख्य भूमिका देखिएको छ । नेपालको पाटाको व्यवस्थापन बेल्जियन नागरिक दावा छिरिङले गरेको आशंका गरिएको छ ।
यो पनि पढ्नुस्
भेपभित्र सुन ल्याउने समूह बल्ल छानबिनमा
सुन तस्करी प्रकरणमा समातिएका पौडेल भन्सारका कर्मचारी
सुनकाण्डका आरोपीको अन्तर्राष्ट्रिय कनेक्सन खोज्न इन्टरपोलमा पर्पल नोटिस
चौतर्फी दबाबपछि पक्राउ परे राहुल, कृष्णबहादुर महराको के हुन्छ ?
प्रतिक्रिया 4