+

नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने

२०८० भदौ  १५ गते ११:२१ २०८० भदौ १५ गते ११:२१
नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने

१५ भदौ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् ।

नेपालले पहिलो खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

नेपालको प्लेइङ ११ मा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, खुसी डंगोल, कविता जोशी, कविता कुँवर र अप्सरी बेगम छन् ।

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट नेपाल बहराइन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय