
१५ भदौ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सेवाको शुभारम्भ गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानमा पहिलो पटक ६ वटा डायलासिस मेशिन समेत उपलब्ध गराएको छ । प्रतिष्ठानमा डायलासिस सेवा उद्घाटन गर्दै मन्त्री बस्नेतले कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठान भन्दा बढी र प्रथामिकताका आधारमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मंगल रावलले पढ्ने र पढाउने भवन अभाव भएको भन्दै पूर्वाधारमा सहयोग गर्न अनुरोध गरे ।
उपकुलपति रावलले ३ सय शय्या बाहेक अन्य भवन नहुँदा चिकित्सकहरु भाडाको घरमा बस्न बाध्य भएकाले समस्या भएको सुनाए । साथै प्रतिष्ठानका जनशक्तिको स्थायित्वको विषयमा जोड दिईनुपर्ने तथा जनशक्तिलाई सुविधा थपिनुपर्नेमा उनले जोड दिए ।
प्रतिष्ठानले जुम्ला चन्दननाथ नगरपालिका ३ चेरे चौरमा ५ सय रोपनी जग्गामा एमविविएस पठाउने जग्गा नागरिकले निशुल्क उपलब्ध गराएपनि हाल सम्म पनि भवन निर्माणका लागि वनाईएको योजनामा सरकारले प्रथामिकता दिइएको छैन । यस पटकको बजेटमा पनि प्रतिष्ठान प्राथमिकतामा नपरेको गुनासो स्थानीयको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, स्वास्थ्य सचिव देवकुमारी गुरागाई, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पनि धारणा राखेका थिए ।
प्रतिक्रिया 4