+
+

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १४:१८

१५ भदौ, काठमाडौं । इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जिर्णोद्धारपछि पुनः खुला गरिएको छ ।

बिहीबार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गरेको  इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औं शताब्दीको रहेको र यो भन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ ।

यो मन्दिर एकपटक इजिप्टमा यहुदीहरुको उत्सव, जमघट स्थल र प्रार्थनाको केन्द्र बनेको थियो । यो मन्दिर १९५० को दशकमा अधिकांश यहुदी समुदायले छोडेपछि पर्यटकको आकर्षकणमा परेको थियो । सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?