+

जाओ फेलिक्सलाई अनुबन्ध गर्न बार्सिलोना तयार

२०८० भदौ  १५ गते १८:०० २०८० भदौ १५ गते १८:००
जाओ फेलिक्सलाई अनुबन्ध गर्न बार्सिलोना तयार

१५ भदौ, काठमाडौं । पोर्चुगल फवार्ड जाओ फेलिक्स बार्सिलोनाका लागि खेल्ने सपना नजिक पुगेका छन् ।

ला लिगा च्याम्पियन र एट्लेटिको मड्रिडबीच सहमति जुटेको छ । उनको अनुबन्ध प्रक्रियाले ट्रान्सफर डेडलाइनभित्र पूर्णता पाइसक्ने स्पेनिस पोर्टल मार्काले जनाएको छ ।

हाल एट्लेटिको मड्रिडमा रहेका उनले शुक्रबार टिममेटहरुसँग अभ्यास भने गरेनन् । उनी बार्सिलोना अनुबन्ध भएको औपचारिक घोषणाको पर्खाइमा छन् ।

गत सिजन लोनमा चेल्सी पुगेका फेलिक्स एथ्लेटिको मड्रिडमा खुसी थिएनन् । तर एस्टन भिल्लाको प्रस्तावलाई उनले अस्वीकार गरे । किनकी च्याम्पियन्स लिग खेल्न चाहन्थे ।

त्यसअनुसार सहमति भने जुटेको थिएन । एकपछि अर्को युरोपका ठूला क्लबमा फेलिक्सका लागि ढोका बन्द हुँदै गएको बेला बार्सिलोनाले अनुबन्ध गर्ने भएको हो ।

जोआओ फेलिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय