+
+

ऐतिहासिक फिल्म ‘नालापानी’ हेर्न ओइरिए विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते २०:५३

काठमाडौं । ऐतिहासिक कथावस्तुमा आधारित फिल्म ‘नालापानी’ प्रदर्शनको गति अझै रोकिएको छैन । रिमेश अधिकारी निर्देशित फिल्म एक महिनादेखि चितवनको पर्सास्थित म्यांगो हलमा दर्शकको खचाखच उपस्थितीसहित चलिरहेको छ ।

कलेजका विद्यार्थी र स्थानीय दर्शकले फिल्म हेरिरहेको जानकारी निर्माता समेत रहेका अधिकारीले दिए । नेपालको इतिहासलाई स्पष्टरुपमा फिल्ममा उतारेकाले विद्यार्थीसहितका जिज्ञासुले फिल्म रुचाइरहेको उनले बताए ।

‘अहिले पनि फिल्म हाउसफूल चलिरहनु खुशिको कुरा हो । फिल्म हेरिञ्जेल कोही पनि बोर नभएको र दर्शकले मनोरञ्जन महसुस गरिरहनुभएको छ’ निर्देशक अधिकारीले अनलाइनखबरसँग भने, ‘फिल्म हेरेका दर्शकले यसलाई सबै उमेरका दर्शकले हेर्नुपर्ने सुझाव दिनुभएको छ ।’

फिल्म हेरेपछि दर्शकमा देशप्रेम ओतप्रोत भएको प्रतिक्रिया मिलेको अधिकारीले बताए । निजी बोर्डिङ स्कुलसँगै पछिल्लो समय सरकारी स्कुलका विद्यार्थी समेत फिल्म हेर्न ओइरिएका छन् । भदौ महिनाभर फिल्मका दुई शो बुक भएको समेत रिमेशले बताए ।

नेपाल र अंग्रेजबीचको युद्धमा नेपालको बहादुरीको कथावस्तु पेश गर्ने यो फिल्मलाई समीक्षकले रुचाएका थिए । निर्देशक अधिकारी यतिबेला अर्को ऐतिहासिक फिल्म ‘कोतपर्व’ निर्माणमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?