
कम्प्युटरमा कुनै पनि फाइलहरु डिलिट गरिसकेपछि रिसाइकल बिनमा गएर बस्दछन् ।
रिसाइकल बिनमा गएर थुप्रिएका फाइलहरु हरेक पटक खोजीखोजी डिलिट गर्नु झण्झटिलो हुन्छ ।
साथै रिसाइकल बिनमा गएर बसेका फाइलहरुले कम्प्युटरमा स्टोरेज स्पेस पनि ओगटेका हुन्छन् । त्यसैले रिसाइकल बिनमा गएका फाइलहरु आफैं स्वचालित रुपमा डिलिट हुने गरी मिलाइयो भने त्यसले निकै सजिलो गराउँछ ।
यदि तपाईंको कम्प्युटरमा विन्डोज ११ अपरेटिङ सिस्टम छ भने तपाईंले रिसाइकल बिनमा रहेका सामग्रीहरु निश्चित समयमा आफैं डिलिट हुने गरी सेट गर्न सक्नुहुन्छ । यसका लागि देहाय बमोजिम गर्नुपर्दछ :
- System setting खोल्नुहोस् । त्यसका लागि Win + I थिचेर विन्डोज सेटिंग्समा जानुहोस् ।
- त्यसपछि Storage मा जानुहोस् । त्यसका लागि System क्लिक गरी Storage मेन्यूमा जानुहोस् ।
- Temporary Files सम्म स्क्रोल डाउन गरी Configure Storage Sense or run it now मा क्लिक गर्नुहोस् ।
- त्यसपछि Storage Sense लाई Turn On गर्नुहोस् । यसका लागि Storage Sense मेन्यूमा रहेको On अप्सनमा स्वीच गर्नुहोस् । यो सँगै उक्त फिचर सक्रिय बन्दछ ।
- त्यसपछि रिसाइकल बिनलाई Configure गर्नुपर्दछ । त्यसका लागि Change how we free up space automatically अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यहाँबाट तपाईंले दैनिक, साप्ताहिक तथा मासिक गरी समय तय गर्न सक्नुहुन्छ । त्यसरी रिसाइकल बिनका सामग्रीहरु अटोम्याटिक रुपमा डिलिट हुने समय छानेसँगै Clean now अप्सनमा क्लिक गर्नुहोस् र सेटिंग्स सेभ गर्नुहोस् ।
- यो सँगै अब तपाईंको कम्प्युटरले तपाईंले तय गरेको समयतालिका अनुसार रिसाइकल बिन आफै सफा गर्दछ । यो सेटिंग्स तपाइँको कम्प्युटरको सम्बन्धित युजर अकाउन्टमा मात्रै लागू हुन्छ ।
ध्यान दिनुपर्ने कुराहरु
- समय तालिका : तपाईंले आफ्नो कम्प्युटर खुल्ला हुने र धेरै प्रयोगमा नरहने उपयुक्त समय छान्नुहोस् ।
- रिसाइकल बिनका सामग्रीहरू : तपाईंले ख्याल राख्नुपर्ने कुरा के हो भने यो सेटिंग्स सक्रिय बनाएसँगै रिसाइकल बिनका सबै फाइलहरु उक्त समयमा स्थायी रुपमा आफै डिलिट हुन्छन् र ती डिलिट भएका फाइललाई रिकभर गर्न सकिंदैन । त्यसैले तपाईंले साँच्चिकै डिलिट गर्न चाहेका फाइलहरु मात्रै रिसाइकल बिनमा पुगेका छन् भन्ने कुरामा निश्चित हुनुहोस् ।
- उक्त सेटिंग्सका लागि तपाईंको कम्प्युटरमा Administrator Access हुनुपर्दछ ।
- अतः उल्लेखित कुराहरुमा ध्यान दिएर माथिका चरणहरु अबलम्बन गर्नुभयो भने तपाईंले विन्डोज ११ मा अटोम्याटिक रुपमा रिसाइकल बिन सफा गर्न सक्नुहुन्छ । यसले तपाईंको कम्युटरमा अनावश्यक फाइल जम्मा हुने र स्टोरेज स्पेस ओगट्ने समस्या पनि हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4