
१६ भदौ, काठमाडौं । साहित्यकार अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’ काठमाडौंमा विमोचन भएको छ । काठमाडौंमा जारी कलिङ साहित्यिक महोत्सवमा अमृतको पुस्तक विमोचन गरिएको हो ।
यादको कोलाजलाई प्रा.डा. बिना पौडेल, संस्कृतिविद् जगमान गुरुङ, भारतीय अर्थशास्त्री प्रसिद्ध लेखक डा. विवेक देवरोय, प्रा. कमलकान्त दासले संयुक्त रूपमा विमोचन गरेका हुन् । लेखक अमृतले भारतीय सेनामा कार्यरत रहँदा भोगेका विविध आरोह अवरोहलाई कृतिका रुपमा ल्याएको बताए ।
‘कृतिमा विगतका घटनाहरूको स्मरण मात्र छैन, ती घटनाले हृदयमा जन्माएको भावमाथिको दार्शनिक लेपन कृतिमा समेटेको छु’, लेखक अमृतले भने, ‘अब मेरो यादको कोलाज मेरोमात्रै भएन, साझा भयो । सबैको प्रतिक्रिया कुरिरहेको छु ।’
अमृतको यसअघि २०७८ सालमा उहाँको ‘एकान्त भीड’ कविता संग्रह प्रकाशित भइसकेको छ । यादको कोलाज उनको दोस्रो कृति हो ।
प्रतिक्रिया 4