+
+

सेजन अध्यक्षमा ओली निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १२:२८

१७ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।

सेजनको शनिबार राजधानीमा सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

ओलीले ९९ भोट ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी शिरोमणि ढुंगानाले ९६ मत प्राप्त गरे । उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भए । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भए । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरे ।

सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सोभित थपलिया निर्वाचित भए ।

कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भए । सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भए ।

सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो । सेजनमा कार्यसमितिको कार्यकाल दुई वर्षको हुने प्रावधान रहेको छ । सेजनको नेतृत्वमा यसअघि जनार्दन बराल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?