+
+

कोशी प्रदेश नाम खारेजीको माग गर्दै जावलाखेलमा प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० भदौ १७ गते १४:३५

१७ भदौ, काठमाडौं । कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ ।

आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो ।

उनीहरू प्रदेशको नाम ‘कोशी’ खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, नो कोशी, प्रदेशको नाम  कोशी मान्‍दैनौ,  प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुन: नामकरण गर लगायतका नारा ब्‍यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदेश सभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। नेकपा (एमाले)‚ नेपाली कांग्रेस‚ राप्रपाले कोशी नाममा मतदान गरेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने किरात-लिम्बुवान-सगरमाथा नाम प्रस्ताव गरेको थियो।

हेर्नुहोस् थप तस्वीरहरू :  

 

 

 

 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?