+
+

दानमा पाएको जग्गा किनेको भन्दै ६ लाख भुक्तानी, वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १४:४४

१७ भदौ, काठमाडौं । दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान गरेको जग्गा किनेको भनी ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा भण्डारीसँगै वडा नं २ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालिन लेखापाल जीवन सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नं २ को भवन निर्माणका लागि दानपत्रमार्फत निशुल्क जग्गा प्राप्त गरेपछि त्यस जग्गालाई किनेको भनेर ६ लाख रुपैयाँ भुक्तानी दिलाउन उनीहरुको भूमिका देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?