१७ भदौ, काठमाडौं । एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् महासंघमा चार नेपाली चयन भएका छन् ।
काठमाडौंमा भएको महासंघको अधिवेशनले नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको छ ।
शारीरिक सुगठन तथा फिटनेस् महासंघका सचिव दिनेश राजभण्डारीका अनुसार सवै निर्वाचित सदस्यहरुको कार्यावधी ४ वर्षको हुने छ ।
नेपालमा आयोजना भइरहेको एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको प्रतियोगिता भोलि सोमबार बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया 4