
जी-२० सम्मेलनमा साना बाँदर धपाउनका लागि दिल्लीका ठाउँठाउँमा लंगुरको बाँदरको पोस्टर टाँसिएको छ ।
९ सेप्टेम्बरदेखि दिल्लीमा सुरु हुने सम्मेलनमा बाँदर आतंक हुन नदिनका लागि दिल्लीका ठाउँठाउँमा ठूला बाँदरको पोस्टर राखिएको हो । त्यहाँ लंगुरको आवाज निकाल्ने मानिसहरुलाई समेत खटाइने बताइएको छ
दिल्लीमा बाँदरको संख्या निकै ठूलो छ । यी उपाय अवलम्बन गर्दा सम्मेलनभर बाँदरको आतंक टार्न सकिने विश्वास गरिएको छ । विश्वका उच्चपदस्थ नेता रहने होटल वरपर बाँदरको आतंक नहोस् भन्नका लागि लंगुरको आवाज निकाल्न सक्ने ४० भन्दा बढी तालिमप्राप्त मानिस खटाइएको छ ।
सन् २०१० को कमन वेल्थ खेलकुद प्रतियोगितामा पनि यो तरिका अपनाइएको थियो । सन् २०१४ मा बाँदर आतंक कम गर्नका लागि संसद भवनदेखि सरकारी अन्य निकायका भवन वरपर लंगुरको आवाजको नक्कल गर्ने पेशेवर खटाइएको थियो ।
विगतमा वास्तविक लंगुरहरुलाई साना बाँदर धपाउने प्रयोजनका लागि राखिएको थियो । तर अधिकारकर्मीहरुले बाँदरलाई बन्दी बनाएको भन्दै विरोध जनाएपछि यो पछि लंगुर राख्न छोडिएको थियो ।
सम्मेलनमा के बारे होला बहस ?
जी -२० सम्मेलनमा नयाँ नयाँ विषयमा बहस हुने गरेको छ । त्यहाँ आर्थिक विषयदेखि जलवायु परिवर्तन, दिगो उर्जादेखि ऋण माफी र बहुराष्ट्रिय निगममाथि करका विषयमा छलफल हुने गरेको छ ।
हरेक वर्ष जी-२० राष्ट्रका सदस्य मध्येबाट सम्मेलनको अध्यक्षता गर्ने प्रचलन छ । यसपटक बैठकको अध्यक्षता भारतले गरेको हो । गत वर्ष इन्डोनेसियाले सम्मेलनको अध्यक्षता गरेको थियो ।
भारतमा हुने सम्मेलनमा दिगो विकास र विकसिल राष्ट्रको अर्थतन्त्रको सुधारका विषमा छलफल हुने बताइएको छ । यता ह्वाइटहाउसले भने जलवायु परिवर्तनका मुद्दा, रूस युक्रेन युद्ध र अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्वबैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतलाई गरिबी निवारणमा केन्द्रित गराउने विषयमा छलफल हुने बताएको छ ।
जी-२० सम्मेलनमा केही महत्वपूर्ण उपलब्धी समेत हुने गरेको छ । उदाहरणका लागि २००८ र २००९ को सम्मेलनमा सदस्य राष्ट्रहरुले वित्तीय संकट समाधानका उपायमा छलफल गरेका थिए ।
त्यो छलफलले विश्व आर्थिक प्रणालीको उद्दारका लागि उपायहरु अवलम्बन गरेको थियो । उनीहरुले खराब अर्थतन्त्र रहेका मुलुकलाई सहयोग गर्दै आफ्नोसमेत अर्थतन्त्र सबल बनाउनका लागि ६ बुँदे अवधारणा तय गरेका थिए ।
यस्तै, सन् २०१९ मा अमेकरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच व्यापारिक विषयमा रहेका विवाद समाधानका लागि सहमत भएका थिए ।
त्यसबेला अमेरिका र चीनबीच ३ अर्ब डलर बराबरको आयातमा चीनले अमेरिकामा भन्सार थप नगर्ने सहमति भएको थियो ।
यस्तै हुवावेमाथिको प्रतिबन्ध फुकुवा गर्ने पनि सहमति भएको थियो । हुवावेलाई त्यहाँको वाणिज्य मन्त्रालयले सामान बेच्न लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति त्यसबखत भएको थियो ।
प्रतिक्रिया 4