
१७ भदौ, काठमाडौं । धानखेतीबारे अध्ययन गर्न सांसदहरु बंगलादेश जाने भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको व्यवस्थापनमा ९ जना सांसद बंगलादेश जाने तय भएको छ ।
भ्रमण टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ६ जना सदस्य र राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका तीन जना सदस्य रहनेछन् । उनीहरुले बंगलादेशको धानखेती सहितका उत्पादन प्रणालीबारे बुझ्नेछन् ।
प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाका अनुसार भ्रमण आगामी असोजको १५ गतेदेखि पाँच दिनसम्म हुनेछ । आरजु आफैं भ्रमण टोलीमा छिन् । उनीसहित कृषि समितिका सदस्यहरु बिनिता कठायत, अनिशा नेपाली, अम्मबहादुर थापा भ्रमण टोलीमा छन् ।
कृषि समितिबाट बाँकी दुई जना सांसद जानेछन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले पनि क–कसलाई बंगलादेश पठाउने निर्णय लिइसकेको छैन ।
प्रतिक्रिया 4