
१७ भदौ, काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा प्रकरणको आरोपपत्र सच्याउन जिल्ला अदालतलाई अनुरोध गरेको छ ।
अभियोगपत्रमा त्रुटि देखिएको भन्दै कार्यालयले जिल्ला अदालतमा पत्र पठाएर आरोपपत्र सच्याउन अनुरोध गरेको हो ।
केही आरोपितहरुको बिगो मागदावी घटाएको छ । संशोधन निवेदनबाट पूर्वमन्त्री चन्द्रदेव जोशीको विगो ६३ करोड १० लाख रुपैयाँबाट घटेर एक करोड ८ लाख रुपैयाँ मात्रै मागदाबी भएको छ ।
सरकारी वकिलको दाबी अनुसार, सीआईबीले विवरण फरक परेको थाह भएपछि सच्याइदिन आग्रह गरेको थियो । आरोपितको नामावलीबाट विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाइदिन आग्रह गरेको छ ।
साथै प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4