१८ भदौ, काठमाडौं । लाउटारो मार्टिनजको दुई गोल मद्दतमा इन्टर मिलानने सिरी ए मा फियोरेन्टिनालाई ४-० ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।
घरेलु मैदान सान सिरोमा भएको खेलमा मार्टिनजले ५३औं र ७३औं मिनेटमा गोल गरे । त्यसअघि मार्कुस थुरामले २३औं मिनेटमा गोल गरी इन्टरलाई अग्रता दिलाएका थिए । अर्को गोल हाकन चाल्हानोग्लुले ५८औ मिनेटमा पेनाल्टीमा गरे ।
यस जितपछि शतप्रतिशत नतिजासहित इन्टर छिमेकी एसी मिलानलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । तीन खेलबाट दुवैको समान ९ अंक भए पनि गोलअन्तरमा इन्टर अघि छ ।
प्रतिक्रिया 4