
काठमाडौं । आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै रेखा थापाको फिल्म ‘उपहार : जर्नी अफ लाइफ’को छायांकन सुरु भएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले फिल्म उक्त मितिमा रिलिज हुने तय भएको जानकारी दिए ।
रेखा फिल्म्सले निर्माण गर्ने फिल्महरु दशैं वा नयाँ वर्षको दिनमा रिलिज गर्ने इतिहास छ । ‘उपहार : जर्नी अफ लाइफ’लाई एफडी ग्रुप र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
सोमबार काठमाडौं भाटभटेनीको एक अपार्टमेन्टमा यो फिल्मको छायांकन भइरहेको थियो । त्यहाँबाट प्राप्त ताजा तस्वीरमा अभिनेत्री रेखालाई पनि सेटमा देख्न सकिन्छ । तीन महिला पात्रलाई शीर्ष भूमिकामा लिएर निर्माण थालिएको फिल्ममा रेखासहित पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी र समर्पण कार्कीको अभिनय हुने जनाइएको छ ।
वैशाख १ गते दयाहाङ राई र आँचल शर्माको ‘डिग्री माइला’, वर्षा सिवाकोटीको ‘काजी’ले पनि प्रदर्शन मिति घोषणा गरेका छन् ।
तस्वीरहरु
प्रतिक्रिया 4