
१८ भदौ, काठमाडौं । पशुसेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. उमेश दाहालले पाएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना प्रमुखका रुपमा काम गरिरहेका दाहाललाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।
डा. दाहालले आयोजनाको निर्देशक हुनुअघि राष्ट्रिय खोप अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत काम गरेको थिए ।
हाल विभागकी महानिर्देशक रहेकी डा. सम्झनाकुमारी काफ्ले पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4