
१८ भदौ, बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हरि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
उनको पार्टी सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै अधिवेशन प्रतिनिधि राजुप्रसाद श्रेष्ठले उजुरी दिएका हुन् ।
‘लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिएका हरिप्रसाद रिजालको लुम्बिनी प्रदेश अन्तर्गत रहेको सदसस्यता सूचीमा नाम समावेश नदेखिएको हुँदा पार्टीको यो प्रदेश सदस्य नै नभएको व्यक्ति अधिवेशन प्रतिनिधि हुन र उम्मेदवार हुन नमिल्ने भएकाले उम्मेदवार खारेज गरिपाउँ’, उजुरीमा भनिएको छ ।
एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4