+
+
एसिया कप क्रिकेट :

भारतलाई हराए ५ लाख, विकेट र छक्कामा ५०-५० हजार दिने फिल्म निर्देशक पन्तको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १४:२१

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली टोलीलाई हौसला दिन नेतादेखि कलाकारसम्म खेल हुने स्थान श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशाला पुगेका छन् ।

यो खेललाई लिएर चौतर्फी चर्चा छ । केही व्यावसायिक उत्पादनले खेलमा छक्का, चौका प्रहार गर्ने नेपाली खेलाडीलाई प्रतिसट पुरस्कार राशीको घोषणा गरेका छन् । यस्तोमा फिल्म निर्देशक तथा एक्सन कोरियोग्राफर चन्द्र पन्तले पनि भारतविरुद्धको खेलमा नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

पन्त प्रमुख रहेको कम्पनी इन्सपायर नेपाल फाउण्डेसनले नेपालले खेल जितेमा टीमलाई पाँच लाख, प्रत्येक विकेटमा ५० हजार र प्रत्येक छक्कामा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । नेपाल र भारतका सिनियर टोलीबीच नेपाली समयानुसार आज सवा ३ बजे श्रीलंकामा खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?