+

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

२०८० भदौ  १८ गते १४:४८ २०८० भदौ १८ गते १४:४८
भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।

श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ ।

भारतको प्लेइङ ११ : रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

एसिया कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय