१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।
वर्षाले केहीबेर बिथोलेको खेलमा नेपालले ४३.३ ओभरसम्ममा २०० रन पूरा गरेको छ । राम्रो ओपनिङ गरेको नेपालको मध्यक्रम भने कमजोर भएको थियो ।
उपल्लो क्रमका ब्याटरले मध्यम प्रदर्शन गरेपछि नेपाल भारतविरुद्ध तुलनात्मक राम्रो स्कोर बनाउन सफल भयो ।
नेपालका आरिफ शेखले अर्धशतक पूरा गरे पनि कुशल भुर्तेलले ३८ रन बनाए । नेपालका रोहित पौडेल, भीम सार्की र कुशल मल्लले दोहोरो अंकको रन पनि जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले २९, गुल्सन झाले २३ र सोमपाल कामीले नटआउट २८ रन बनाएर खेलिरहेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
भारतविरुद्ध पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका ओपनरद्धय आशिफ शेख र कुशल भुर्तेलभारतका एकसेएक बलरको सामना गरेका कुशल भुर्तेलले केही ठूलो शर्ट खेले ।
कप्तान रोहितकुमार पौडेल । आज पनि उनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुशल भुर्तेल सँगको साझेदारी टुटेपनि आशिफले निकै राम्रो पारी खेले । निरन्तर क्रिजमा टिकेर नेपाललाई राम्रो स्कोरमा पुर्याउन भूमिका खेले ।क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उपस्थित नेपाली फ्यानहरू राष्ट्रिय झण्डा फहराउँदै ।कुशल मल्लको विकेट लिएपछि भारतका रविन्द्र जडेजा साथीहरूसँग खुसी मनाउँदै ।भारतविरुद्ध अर्धशतक बनाएपछि सेलिब्रेट गर्दै आशिफ शेख । उनी ५८ रनमा आउट भएका छन् ।
गुल्सन झा । उनी बलर मात्र होइन, टिमलाई आवश्यक परेको बेला व्याटिङमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निभाउँछन् । उनले भारतविरुद्ध २९ रन बनाए ।दीपेन्द्र सिंह ऐरीले आज सोमपाल कामीसँग मिलेर नेपालको स्कोर २०० रन कटाउन भूमिका खेले ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4