+
+

नेपाल क्लियरिङ हाउसको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १९:१९

काठमाडौं । नेपाल क्लियरिङ हाउसको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । नेपाल क्लियरिङ हाउसको १७ भदौमा बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।

यसअघि सञचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनति भएसँगै उक्त सञ्चालक पद रिक्त थियो ।

अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढिको अनुभव छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?