+

वर्षाले अवरुद्ध नेपाल र भारतबीचको खेल अझै सुरु भएन

२०८० भदौ  १८ गते २१:१६ २०८० भदौ १८ गते २१:१६
वर्षाले अवरुद्ध नेपाल र भारतबीचको खेल अझै सुरु भएन

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन जोड्दा पानी पर्न थालेपछि खेल अवरुद्ध भएको हो ।

भारतका कप्तान रोहित शर्मा ४ र शुभमन गिल १२ रन बनाएर खेलिरहेका बेला पानी परेर खेल रोकिएको थियो ।

श्रीलंकाको पाल्लिकेलेमा पानी परिरहेकाले खेल कतिबेला सुरु हुन्छ भन्न सकिने अवस्था छैन ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । नेपालका लागि आसिफ सेखले अर्धशतक पूरा गरे भने सोमपाल कामी अर्धशतकबाट २ रनमात्र टाढा रहे ।

एसिया कप नेपाल भारत क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय