
१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीच वर्षाले अवरुद्ध खेल नेपाली समय अनुसार १०ः३५ भित्र सुरु हुनैपर्ने भएको छ । २० ओभर खेल खेलाउन १०ः३५ भित्र खेल सुरु भइसक्नुपर्ने अन्यथा खेल स्थगित हुने आधिकारिक घोषणा गरिएको छ ।
त्यसअघि नेपाली समय अनुसार १०ः१५ बजे मैदानको निरीक्षण हुनेछ ।
श्रीलंकाको पाल्लिकेलेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २.१ ओभर ब्याटिङ गरेर १७ रन जोड्दा खेल वर्षाका कारण अवरुद्ध भएको थियो । खेल अवरुद्ध भएको साढे १ घण्टा भन्दा बढी भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4