१९ भदौ, काठमाडौं । साविक विजेता कार्लोस अल्कारेज यूएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लुइस आम्स्ट्रोङ स्टेडियममा माटेओ अर्नाल्डीलाई सोझो सेटमा हराउँदै अल्कारेजले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
स्पेनका शीर्ष वरीयतामा अल्कारेजले विश्व नम्बर ६१ का अर्नाल्डीलाई ६-३, ६-३, ६-४ ले पराजित गरे ।
विम्बल्डन ओपनको च्याम्पियन अल्कारेजले अब क्वाटरफाइनलमा छैटौं वरीयतामा जानिक सिनर र १२ वरीयताका अलेक्जान्डर जेभरेभबीचको विजेतासँग खेल्नेछन् ।
यस्तै रसियन खेलाडी आन्द्रे रुबलेभले ज्याक ड्रापरलाई पराजित गर्दै क्वाटरफाइनल पुगेका छन् । उनले अब रुसकै डानिएल मेदभेदेव र अष्ट्रेलिया एलेक्स डे मिनाउरबीचको विजेतासँग खेल्नेछन् ।
यस्तै महिलातर्फ तेस्रो वरीयताका अमेरिकन जेसिका पेगुला र विम्बलडन फाइनलिस्ट ओन्स जाबेउर चौथो चरणबाटै बाहिरिएका छन् ।
पेगुला अमेरिकन म्याडिसन किएससँग ६-१, ६-३ ले पराजित हुँदै बाहिरिइन् । यस्तै साविक उपविजेता समेत रहेकि जाबेउर भने चिनिया खेलाडी जेङ क्विनवेनसँग ६-२, ६-४ ले पराजित भइन् ।
अब किएसले मार्केटा भोन्ड्रउसोभासँग तथा क्विनवेनले अर्याना साबालेन्कासँग खेल्नेछिन् ।
प्रतिक्रिया 4