+
+

कोशी सरकारको वैधानिकता विवाद : पूर्ण इजलासले मतदानको भिडियो फुटेज हेर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते ११:१८

१९ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको  सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।

त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । इजलासमा भिजुअल हेर्ने किनै कम अभ्यास छ । यसअघि नवराज सिलवालको कीर्ते मुद्दामा पनि महान्यायाधिवक्ताको कार्यालयले भिजुअल प्रिजेन्टेसन गरेको थियो ।

४ भदौमा कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?