+
+

संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १३:११

१९ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ ।

सरकारले खर्चमा मितव्ययीता कायम गर्ने भनेको र त्यसअनुसार नीति निर्माण गर्ने भनिरहेको बेला संसद सचिवालयले नै स्टार होटलमा कार्यक्रम राख्ने गरेको भन्दै एमाले सांसद अच्युतप्रसाद मैनालीले प्रश्न उठाएका हुन् ।

लेखा समितिको आजको बैठकमा मैनालीले भने, ‘संसद सचिवालयको आयोजनामा बसेरामा आजै मात्र कार्यक्रम छ । संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ?’ मैनालीले प्रश्न गरे । मैनालीले आज पनि होटलमा कार्यक्रम रहेको भने पनि त्यसबारे विस्तृत बताएनन् ।

संसद सचिवालयले संसद बाहिर कार्यक्रम राख्दा होटलमा राख्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?