+
+

६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १९:२१

१९ भदौ, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।

महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठबस देखिएपछि पुनलाई सीआईबीले बयान लिएको हो ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यस क्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् ।

६० किलो सुनमध्ये भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?