+
+

‘गरिखान देऊ’ भन्दै नर्सिङ कलेज सञ्चालकको विरोध र्‍याली (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० भदौ १९ गते १७:४०

९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐनको कारण कलेज बन्द भएको भन्दै विरोध र्‍याली निकालेको छ ।

समितिले मंगलबार बानेश्वरदेखि माइतीघर मण्डलासम्म निकालेको र्‍यालीमा कलेज सञ्चालक तथा विद्यार्थीहरुले गरिखान देउ सरकार, प्राविधिक शिक्षा मास्न पाइदैन, विभेदकारी एमइसी चाइदैन, नेपालमा पढ्दा चिकित्सा ऐन, विदेशमा पढ्दा मन बेचैन जस्ता नारा लेखिएको प्लाकार्ड बोकेर विरोध र्‍याली निकालेका छन् ।

कलेज सञ्चाहरुले चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐनको अपव्याख्या गर्दै सीटीईभीटी अन्तर्गत सञ्चालित २२८ वटा शिक्षण संस्था बन्द गराएको, कलेज बन्द हुँदा विद्यार्थी भारत पढ्न जान बाध्य भएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले साउनदेखि विभिन्न खालको आन्दोलन गर्दै आइरहेको छ ।

चिकित्सा शिक्षा ऐनले विद्यार्थीको पढाई र अभ्यासको लागि मेडिकल तर्फ कम्तिमा ३ सय तथा डेन्टल र नर्सिङ तर्फ कम्तिमा १ सय शैय्याको अस्पताल नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।

तर ऐनले स्नातक तहलाई नियमन गर्न र नयाँ खुल्ने शिक्षण संस्थालाई आसय पत्र नदिने भनेपनि आयोगले सीटीईभीटीको क्षेत्राधिकार मिचेर प्रमाण पत्र तहलाई पनि सोही कानुन लागू गर्न खोजेको र वर्षौंदेखि सञ्चालित शिक्षण संस्थाहरु बन्द गर्दा नेपाली विद्यार्थी भारत पढ्न जान बाध्य भएको समितिले जिकिर गर्दै आएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?